लगानीको दृष्टिकोण बदल्ने पुस्तक ‘द वारेन बफेट वे’ को सारंश


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीको दृष्टिकोण बदल्ने पुस्तक ‘द वारेन बफेट वे’ को सारंश

हरेक साताको बुधबार धितोपत्र बजार र अर्थसम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा आज हामीले ‘द वारेन बफेट वे’ पुस्तकको सारंश लिएर आएका छौँ।

 

स्टक मार्केटका बादशाहा मानिने वारेन बफेटको लगानीका दृष्टिकोणहरु समेतिएको यो पुस्तक रोबर्ट जी ह्यागस्ट्रमले लेखेका हुन्। पुस्तकमा बफेट कसरी सफल लगानीकर्ता भए? स्टक खरिद गर्न उनी के कस्तो रणनीति अपनाउए? जस्ता विषयवस्तुलाई यस पुस्तकमा समेतिएको छ। शुरु गरौँ यसै पुस्तकको सारंशको पहिलो भागः

वारेन बफेटले सन् १९५६ आफ्नो लगानी फर्म शुरु गरे। त्यसको सुरुवातको लगानी मात्र १०० डलर थियो। १९९३ सम्ममा यो पैसा ८.३ बिलियन डलर बन्यो। १९६५ मा, उनले आफ्नो लगानीको लागि होल्डिङ्ग फर्मको रुपमा बर्कशायर हाथवे फर्म प्रयोग गरे।

वारेनले लगानी गर्नुअघि प्रत्येक फर्मको विश्लेषण गर्दछ। उनी बजारको अध्ययन गर्दैनन्, त्यसको सट्टा उनी व्यवसाय विश्लेषण गर्छन्।

‘नो’ भन्न सक्ने क्षमताको विकास गर्नुहोस्। समय ठिक छैन भने कुनै सम्झौता नगर्नुहोस्। सहि समयको प्रतिक्षा गर्नुहोस्। सस्तो मूल्यमा राम्रो व्यवसायको सानो समूह खरिद गर्नु बुद्धिमानी हुनेछ। अध्याधिक विविध पोर्टफोलियोको छनौट नगर्नुहोस्, मात्र तनाव हुनेछ।

शेयर बजारलाई धेरै ध्यान दिन छोड्नुहोस्। भावनाहरुले व्यापारलाई असर गर्छ। दैनिक आधारमा शेयर मूल्यको बारे चिन्ता नलिनुहोस्। त्यसले खास फरक पर्दैन। अर्थव्यवस्थाको बारेमा चिन्ता गर्न छोड्नुहोस्। पूरै व्यवसाय खरिद गर्नु र यसको शेयर प्राप्त गर्नु फरक हुँदैन।

द वारेन बफेट वे सारंश

अमेरिकाको सबैभन्दा धनी मानिस ...

Read More
  • MBL - below news