काठमाडौं । कृषिमा लगानी गर्ने स्रोत व्यवस्थापनका लागि कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’ जारी गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बण्डको आज शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा कृषि बण्ड, किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । बजेटले लिएको नीति अनुरुप कृषि विकास बैंकले यस वर्षमात्रै २४ अर्बको कृषि बण्ड जारी गर्ने योजना बनाएको छ । यो बण्डमा पूर्वाधार बैंक सहित २६ वटा बैंकमा कृषि विकास बैंकले दरखास्त आव्हान गरिसकेको छ ।
सो अवसरका अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न निर्देशन दिए । आम किसानहरुलाई कृषि उद्यमीको रुपमा स्थापित गर्न कृषि विकास बैंकबाट विशेष भुमिका खेल्न पनि उनले निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले प्रविधिको क्षेत्रमा विश्वले गरेका चमत्कारहरुलाई नेपालले पछ्याइरहेको बताए । कृषि विकास बैंकले बनाएको ‘किसान एप र किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै उनले यो प्रविधिले आम किसानहरूलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने बताए । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । किसान एप र किसान क्रेडिट कार्ड’ को औपचारिक शुभारम्भ अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।








