चन्द्रागिरी हिल्सको आईपिओको प्रि अलोटमेन्ट सकियो, बाँडफाँड मिति तय


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चन्द्रागिरी हिल्सको आईपिओको प्रि अलोटमेन्ट सकियो, बाँडफाँड मिति तय

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ । क्यापिटलले आज बुधबार प्रि अलोटमेन्ट सकेर शुक्रबार आईपिओ बाँडफाँड गर्न लागेको हो  । 

कम्पनीको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो । यद्यपि कुल आवेदक मध्ये १२ लाख ११ हजार १ सय १५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

Read More
  • MBL