मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । 

सम्झौता पत्रमा मेगा बैंक नेपाल लिमिटेड बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटका तर्फबाट सोमबार हस्ताक्षर भयो ।  

यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका धादिङ्गका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ—आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका  उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । 

Read More
  • MBL - below news