सेयर बजार फेरि नयाँ उचाइमा, बीमामा आकर्षण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार फेरि नयाँ उचाइमा, बीमामा आकर्षण

सेयर बजारको परिसूचक नेप्से फेरि नयाँ उचाइमा पुगेको छ। मंगलबार घटेको बजार बुधबार १५.८७ अंकले बढेर २३४२ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। 

invotech

यस दिन ६ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बीमा समूहमा लगानीकर्ताको आकर्षण बढेको छ। जीवन बीमा ७२९ र निर्जीवन बीमा समूह १८५ अंकले बढेका छन्। 

त्यस्तै विकास बैंक २, जलविद्युत ५३, फाइनान्स ४५ र माइक्रोफाइनान्स समूह २९ अंकले बढेका छन्।  बैंकिङ समूह २, ब्यापार ८, होटल २२, उत्पादन ६२, अन्य ११ अंकले घटेका छन्। 

यस दिन बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो।

ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। 
विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थामा रह्यो।

सो कम्पनीको ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ७ प्रतिशतले बढेर २८८५ रुपैयाँ कायम भएको छ।

Read More
  • MBL - below news