काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वाको आयोजना प्रभावति स्थानीयका लागि ८२,५०,००० कित्ता शेयर निष्कासन गर्ने भएको छ ।
आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोडमध्ये बयासी करोड पचास लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ८२,५०,००० कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीय सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।





_20210119202330.jpg)

