नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम प्रतिशेयर अंकित मूल्य १०० लाई घटाएर ५० कायम गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेसंगै पुँजीबजारमा त्यसले तरङ्ग ल्याएको छ । कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर हुने गरि शेयर खण्डीकरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर पार्ने र प्रति शेयर चुक्ता मूल्यलाई आधा आर्त्हत ५० कायम गर्ने प्रस्ताव गरेको हो ।अर्थात् यदि कुनै शेयरधनीसँग १०० कित्ता शेयर छ भने उसको शेयर संख्या २०० हुन्छ भने प्रति कित्ता शेयरको अंकित मूल्य ५० हुन्छ । अंकित मूल्यको आधारमा शेयरधनीको सम्पतीको १० हजार नै रहन्छ । अर्थात यसले लगानीकर्तालाई घाटा गर्दैन । यसलाई शेयर स्प्लिट भनिन्छ ।
नेपालमा यो नयाँ अभ्यास भएपनि अन्तराष्ट्रिय बजारमा भने यो नौलो होइन ।






