आर्थिक वर्ष सकिएको ६ महिना बितिसकेको छ तर, शेयर बजारमा सूचीकृत २ दर्जन बढी कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छैनन्।
हालसम्म शेयर बजारमा सूचीकृत भएकामध्ये २६ लघुवित्त, ९ विकास बैंक, ९ हाइड्रोपावर, २६ वाणिज्य बैंक, दुई निर्जीवन बीमा कम्पनी, ८ फाइनान्स कम्पनी, होटल र अन्य समुहका १, १ उत्पादनमुलक समूहका ५ कम्पनी गरी ७६ वटा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन्।
सूचीकृत कम्पनीहरुमध्ये अझै तीन दर्जन भन्दा बढी कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्न बाँकी छ।
हाल दोस्रो बजारमा कारोबार भइरहेका ४० वटा लघुवित्त कम्पनीहरुमध्ये २६ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन्। उनीहरुमध्ये नै १४ वटाले लाभांश घोषणा गर्न बाँकी छ। त्यस्तै, १० लघुवित्तको भने मर्जरको कारण कारोबार रोक्का रहेको छ।







