डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका कारण अहिले दैनिक सयौं जनाले सेयर भर्नकालागि डिम्याट खाता खोलिरहेका छन । सोही कारण अहिले काठमाडौ उपत्यका लगायत मुलुकभरका विभिन्न शहरमा सञ्चालित बैंक र क्यापिटल मार्केटहरुमा सेवाग्राहीको बाक्लो भीड देखिन थालेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग हाउस लिमिटेडले दिएको जानकारी अनुसार शनिबारसम्म कुल २५ लाख ३४५ जनाले डिम्याट खाता खोलेका छन् । लिमिटेडले पनि पछिल्लो समय सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको चाप उल्लेखनीय रुपमा बृद्धि भएको जनाएको छ ।

लिमिटेडका अनुसार पछिल्लो समय डिम्याट खाताको संख्या एक सातामा करिब १ लाखले बढेको छ । गत २१ पुससम्म २३ लाख ७५ हजार ४०८ रहेको यो संख्या शनिबारसम्म आईपुग्दा एक सातामै १ लाख २४ हजार ९३७ ले बढेको देखिन्छ ।
सेयर एवं धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेष गरी प्राथमिक सेयर बजारका लागि खुलेको पाईन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकोमा प्राथमिक बजारमा करीब १३ लाख लगानीकर्ता सहभागी भएको लिमिटेडको तथ्यांकमा उल्लेख छ ।

Read More
  • MBL - below news