सबैभन्दा धेरै शेयर सदस्य रहेको सहारा २५ औँ वर्षमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सबैभन्दा धेरै शेयर सदस्य रहेको सहारा २५ औँ वर्षमा

नेपालकै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहाराले कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाएको हो ।

संस्था २५ औंँ वर्ष पुगेको अवसरमा साकोसले संस्थापक ३३ जना शेयर सदस्यलाई सम्मानसमेत गरेको छ । प्रदेश–१ का ६ जिल्लामा ६७ वटा सेवाकेन्द्र रहेको सहाराले यस वर्ष थप ८ वटा सेवाकेन्द्र विस्तार गर्ने लक्ष्य राखेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । सहकारीले शेयर सदस्यलाई कोरोना अवधिमा व्यापार, व्यवसाय र उद्यमशिलताको लागि पँजूीको उपलब्धतालाई सहज बनाउने लक्ष्य राखेको छ । आगामी ६ महिनामा २÷२ अर्ब बचत तथा ऋण वृद्धि हुने अनुमान सहकारीको छ ।

रजत महोत्सवसँगै सहकारीले सदस्य वृद्धि र सम्बन्ध सुदृढिकरण अभियानसमेत सञ्चालनमा ल्याउने प्रमुख गिरीले जानकारी दिए । १ लाख ४८ हजार शेयर सदस्य रहेको सहाराले यस वर्ष २ लाख पु-याउने साथै सदस्यलाई गुणस्तरिय सेवा उपलब्ध गराउने जनाइएको छ । संस्थाले ‘सहारा स्मार्ट मोवाइल एप’ सबै सदस्यको पहुँचमा पु-याउन अभियान सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै यस वर्षदेखि एटीएम सेवा शुरुवात गर्ने लक्ष्य राखेको छ ।

Read More
  • MBL - below news