चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना, बुधबार प्रि अलोटमेन्ट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना, बुधबार प्रि अलोटमेन्ट

काठमााडौं : चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ । यद्दपि, अन्तिम टुंगो भने लागिसकेको छैन । प्रि अलोटमेन्ट मंगलबार नै सक्ने तयारी गरिएको भएपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ क्लोजिङका कारण नभ्याइएको क्यापिटलले जानकारी गराएको छ ।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७।५३ गुणा बढी हो ।

Read More
  • MBL - below news