नेपाल लाइफका सेयरधनीको साथमा रहेको सेयरसंख्या दोब्बर हुँदै !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल लाइफका सेयरधनीको साथमा रहेको सेयरसंख्या दोब्बर हुँदै !

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीको साथमा रहेको सेयर संख्या दोब्बर हुने भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले माघ २८ गते आह्वान गरेको २० आंै वार्षिक साधारणसभामा प्रस्तुत हुन लागेको एउटा प्रस्ताव पारित भयो र धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट समेत स्वीकृति आयो भने नेपाल लाइफका लगानीकर्ताको साथमा रहेको सेयर संख्या दोब्बर हुनेछ । 

कम्पनीले वार्षिक साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको हाल कायम प्रतिसेयर मूल्य रु.१०० रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर मूल्य रु. ५० कायम गर्ने उल्लेख छ । 

यसलाई सेयर स्प्लिट भनिन्छ । यस्तो व्यवस्थामा प्रतिसेयर अंकित मूल्य आधाले घट्दा सेयर संख्या भने दोब्बर हुन्छ । उदाहरणका लागि यदि तपाईसँग नेपाल लाइफको १०० कित्ता सेयर छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि तपाईको सेयर संख्या बढेर २०० कित्ता पुग्छ ।

Read More
  • MBL