आईपिओ निष्काशन गर्न सिमेन्ट कम्पनी लालायीत, कुन कुनले जारी गर्दैछन् शेयर ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपिओ निष्काशन गर्न सिमेन्ट कम्पनी लालायीत, कुन कुनले जारी गर्दैछन् शेयर ?

सिमेन्ट उद्योगहरु साधारण सेयर जारी गर्न तम्सिएका छन् । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङमार्फत पनि आईपीओ जारी गर्ने व्यवस्था गरेपछि सिमेन्ट उत्पादन गर्ने कम्पनीहरु पूँजिबजारमा प्रवेश गर्ने होडमा लागेका हुन् । आईपिओ निष्काशनको लागि विभिन्न सिमेन्टहरुले तयारी थालिसकेका छन् ।

शिवमले देखाएको बाटो

पूँजिबजारमा प्रवेश गरेको पहिलो सिमेन्ट कम्पनी हो, शिवम् सिमेन्ट । कतिपयले भने २०५१ सालमै हिमाल सिमेन्टले साधारणसेयर जारी गरेको बताउने गरेका छन् । तर, नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी शिवम् मात्रै छ ।

शिवम् सिमेन्टले प्रिमियममा आईपीओ जारी गरेको थियो । प्रभावित क्षेत्रका स्थानीयका लागि २ सय रुपैयाँ र सर्वसाधारणका लागि ३ सय रुपैयाँमा आईपीओ जारी गरेको शिवमले सिमेन्ट कम्पनीहरुलाई पूँजिबजारमा प्रवेश गर्ने बाटो देखाएको उद्योगीहरु स्वीकार गर्छन् । शिवम् सिमेन्टको सेयर मूल्य आज बुधबार प्रतिकित्ता १ हजार ६ सय ३८ रुपैयाँ छ । उच्च मूल्य देखेर अरु कम्पनीहरु आईपिओ निष्काशन गर्न हौसिएका हुन् ।

Read More
  • MBL - below news