पाँच कम्पनीले पाए ऋणपत्र निष्कासन अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पाँच कम्पनीले पाए ऋणपत्र निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स  र कामना सेवा विकास बैंकले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएका हुन् । 

बोर्डले मञ्जुश्री फाइनान्सलाई ८ वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत व्याजदरको ५ लाख कित्ता ऋणपत्र विक्री गर्न पुस २६ गते अनुमति दिएको हो । कुल कित्तामध्य कम्पनीले ३ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र २ लाख कित्ता परिपत्र विधिमात्र विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्राइम बैंकलाई पनि पुस २६ गतेनै बोर्डले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत व्याजदर रहेको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । बैंकले कुल कित्तामध्य २१ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र १४ लाख कित्ता परिपत्र विधिबाट विक्री गर्नेछ । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

Read More
  • MBL - below news