विगत एक सातादेखि दैनिक बढेको सेयर बजारमा मंगलबार 'ब्रेक' लागेको छ।
यस दिन बजार ५.५ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २३२६ अंकमा कायम भएको छ।
विगत एक सातादेखि बजार निरन्तर उकालो लागेको थियो। आजको गिरावटलाई बजारमा सामान्य करेक्सनका रुपमा लिइएको छ।
यस दिन परिसूचक घटे पनि कारोबार रकम बढेको छ। ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ६ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।







