काठमाण्डौ । बढ्दो बजारमा पछिल्लो समय स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) को मनोमानी बढ्न थालेको छ। ब्रोकरहरुको मनोमानीकै कारण दैनिकजसो साना लगानीकर्ता सेयर किनबेचमा प्रताडित भएका छन्।
स्टक ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिले एक लगानीकर्तामाथि मनोमानी गरेको छ।
दक्षिणकालीका ग्राहक उदय जीसीले गत डिसेम्बर २० तारिखका दिन बरुण हाइड्रोपावर कम्पनीको प्रतिकित्ता रु. १९२ का दरले १०० कित्ता सेयर खरिद गरेका थिए। त्यसपछि खरिदबापतको रकम भुक्तानी मोबाइलबाट जीसीले डिसेम्बर २३ का दिन पठाइदिए। उनले सेयर खरिदबापतको सेयरको भुक्तानीको रसिद ई–मेलमार्फत पनि पठाइदिएको बताए।







