मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ।

यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न सक्नेछन्।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालबाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने बताइएको छ।

‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुने र देशलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने बैंकको विश्वास छ।

Read More
  • MBL - below news