६ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् ।
सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नु पर्ने भए पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । अझ अध्यक्षले गर्ने कामकारबाहीको जिम्मेवारी समेत नदिदा दैनिक कार्यहरुसमेत प्रभावित भएका छन् । ‘समितिको अध्यक्ष नै कार्यकारी भूमिकामा हुने भएकाले अध्यक्ष नहुँदा धेरै काम रोकिएका छन् ।
आफूले गर्नु पर्ने सबै कामहरु गरिरहे पनि अध्यक्षले गर्नु पर्ने कामहरु रोकिदा थोरै समस्या भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘नयाँ अध्यक्ष आउन ढिला हुँदा कार्यवाहक जिम्मेवारी कसैलाई दिएको भए राम्रो हुने थियो,’ समितिका कार्यकारी निर्देशक पौडेलले भने, ‘तर कार्यवाहक जिम्मेवारी समेत कसैलाई नदिएका कारण दैनिक काम कारबाहीमा समेत समस्या हुने देखिएको छ ।’
समितिका सञ्चालक समेत रहेका अर्थमन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य अहिले समितिको कामकारबाही अघि बढिरहेको बताउँछन् । कार्यकारी भूमिकामा अध्यक्ष नै रहने भएका कारण अध्यक्षले गर्नु पर्ने कामहरु धेरै रहेको उनले सुनाए । तर अध्यक्ष आएपछि स्वीकृत गर्न मिल्ने गरी कार्यकारी निर्देशकबाट काम भइरहेको उनले बताए ।
अध्यक्ष बन्न दौडधुप ...







