अब सेयर बेचेको दुई दिनमै राफसाफ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब सेयर बेचेको दुई दिनमै राफसाफ

काठमाडौं  : अबदेखि सेयर बेचेको दुई दिनमै राफसाफ हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको हो। 

सीडीएससीको सञ्‍चालक समितिले अर्को सातादेखि धितोपत्र कारोबारको राफसाफ तथा फस्र्यौट कार्यलाई दुई कार्य दिन ‘टी प्लस टू’ भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको हो।

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै सीडीएससीले उक्त व्यवस्था लागू गर्ने भएको छ। धितोपत्र कारोबार राफसाफ तथा फस्र्यौट विनियमावली संशोधन गरेर नयाँ व्यवस्था लागू गरिएको हो। नेपाल धितोपत्र बोर्डले उक्त संशोधन प्रस्ताव २६ पुसमा स्वीकृत गरेको थियो।

अब सेयर बेच्ने मान्छेले कारोबार भएको भोलिपल्ट नै ई–डीआईएसमार्फत स्वामित्व हस्तान्तरण गरिसक्नु पर्नेछ। ई–डीआईएस मार्फत स्वामित्व हस्तान्तरण गर्न नसक्ने लगानीकर्ताले टी प्लस वानभित्रै भौतिक निर्देशन पूर्जी  जारी गरी सम्बन्धित निक्षेप सदस्य (डीपी)लाई बुझाउनु पर्छ। 

Read More
  • MBL - below news