सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ

काठमाडौँ — गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्न आएको ती अभिभावकको भनाइ छ ।

यो त उदाहरण मात्र हो । बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने जानकारहरू बताउँछन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ । नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ । खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोहीकारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।

Read More
  • MBL - below news