नेपालमा स्वचालित विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर करोबार हुनथालेको २ वर्ष नाघेको छ । २ वर्षको अवधिमा अनलाइनमार्फत कारोबार गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । गतवर्ष फैलिएको कोरोना त्रासदीपश्चात् मानिसबीच दूरी बढेपछि अनलाइन लिने क्रमले तीव्रता पाएको हो । अहिले दलाल कार्यालयमा पुगेर आदेश (खरीद र विक्री) दिनेको संख्या छँदै छैन जत्तिकै अवस्थामा पुगेको छ । अनलाइन प्रणालीमा आबद्ध भएपछि प्रणालीमा देखिएका वित्तीय उपकरणका नामले अन्य वित्तीय उपकरण पनि हुँदा रहेछन् भन्ने जानकारी पाएको जस्तो पनि देखिएको छ । अनलाइन प्रणालीको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा देखिएका वित्तीय उपकरणको संक्षिप्त नामको विस्तृत अर्थ र यी उपकरणको बारेमा परिचय गराउने प्रयास यस आलेखमा गरिएको छ ।
टीएमएस र उपकरण
अनलाइन कारोबार गर्न टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा छिरेपछि गृहपृष्ठको देब्रेतर्पm देखिने विभिन्न शीर्षकमध्येको आदेश व्यवस्थापन (अर्डर म्यानेजमेन्ट) खोलेपछि आदेश (खरीद वा विक्री) भन्ने विकल्प देखिन्छ । यसमा प्रवेश गरेपछि सबैभन्दा माथि लहरै कन्टिन्युअस (११ देखि ३ बजेसम्म), प्रिओपन (१०ः३० देखि १०ः४५ बजेसम्म), अडलट (११ देखि ३ बजेसम्म) र स्पेशल प्री ओपन (१०ः३० देखि १०ः४५ बजेसम्म) देखिन्छ । प्रारम्भिक सूचीकरण भइसकेको हरेक कम्पनीका लागि त्यस दिन कारोबार खोल्नको र विशेष प्रारम्भिक नवसूचीकृत कम्पनीका लागि पहिलो कारोबार मूल्य तय गर्नु हो । १० कित्ताभन्दा कम शेयर कारोबार गर्न अडलट विशेष व्यवस्था हो । त्यसैको तलमुनि रहेको उपकरण प्रकार (आईएनएसटी टाइप) रोजेर आदेश प्रविष्ट गर्नुपर्छ । यसमा विभिन्न वित्तीय उपकरणको संक्षिप्त रूप दिइएको छ । उपकरण छनोट गरेपछि त्यसको मूल्य कति राख्ने त्यसका लागि ‘लिमिट’ र ‘मार्केट’ भन्ने दुईओटा विकल्प छन् । लिमिट भन्ने विकल्प स्थायी रूपमा रहन्छ । यसको अर्थ तत् क्षण तोकिएको मूल्यान्तरमा आपैmले मूल्य प्रविष्ट गर्नुपर्छ । सर्वाधिक लगानीकर्ताले रोज्ने यो (लिमिट) प्रचलित विधि हो । तोकिएको मूल्यान्तर आपैmले प्रविष्टि नगरी ‘मार्केट’मा पनि राख्न सकिन्छ । यसको अर्थ बजारमा जति मूल्य चलिरहेको छ त्यतिमा नै आदेश कार्यान्वयन (खरीद वा विक्री) हुन्छ । आईएनएसटी टाइपमा देखिएका र नदेखिका वित्तीय उपकरणबारे र नेपालमा कुनकुन प्रचलनमा छन्, संक्षेपमा उल्लेख गरिएको छ ।







