सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म आइपीओकै चर्चा, बैंकमा सेयर भर्नेको भीड उस्तै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म आइपीओकै चर्चा, बैंकमा सेयर भर्नेको भीड उस्तै

‘आइपीओ भर्नु भयो त ?’

‘आइपीओ नभर्ने त कुरै भएन । मैले त  छोराछोरी, श्रीमती सबैको डिम्याट एकाउन्ट खोलेर आइपीओ भरे ।’

‘मैले पनि आमाबुबा सबैको नाममा आइपीओ भरे ।’ 
 

यो पुरानो बानेश्वरको एउटा चिया पसलमा भएको सम्वाद हो । चिया पसलको यो सम्वादले आइपीओको चर्चा सामान्य व्यक्तिहरुमाझ पनि उत्तिकै हुने गरेको देखिएको छ । विशेषगरी दोस्रो बजार बुलिस हुँदै गएपछि चोक–गल्ली अनि चिया पसल जताततै यस्ता गफ चल्ने गर्छ । सेयर बजारको चर्चा हुन थाल्छ । यो समग्र पुँजी बजारको लागि राम्रो पक्ष पनि हो । 

चिया पसलमा मात्रै होइन पछिल्लो समय आइपीओको चर्चा सामाजिक सञ्जालहरुमा निकै बढी हुने गरेको छ । पहिले सेयर बजारसँग सम्बिन्धित रहेर सञ्चालन भएका फेसबुक ग्रुपहरुमा मात्र सेयर बजारको बारेमा चर्चा हुने गरेकोमा अहिले त्यो चर्चा ‘ट्रोल’ निर्माण गर्ने ग्रुपहरुमा पनि हुने गरेको छ । यसैको उदाहरण स्वरुपः युवाहरु माझ लोकप्रिय रहेको ‘रुटिङ् अफ नेपाल बन्द’लाई लिन सकिन्छ । 

फेसबुकमा २१ लाखभन्दा बढीले लाइक गरेको यस पेजले केही समय पहिलेसम्म सेयर बजारलाई लिए कुनै पोष्ट नगरेकोमा पछिल्लो समय दैनिक जस्तो सेयर बजार त्यसमा पनि आइपीओसँग सम्बन्धित भएर एउटा पोष्ट गर्ने गरेको छ । यो त एउटा फेसबुकको उदाहरण ग्रुप मात्रै हो यो बाहेक श्रीमती संगठन लगायतका फेसबुक ग्रुपमा पनि आइपीओको चर्चा हुने गरेको छ । ...

Read More
  • MBL - below news