यो बर्ष आईपिओमा लगानी गर्नेहरू मालामाल, एउटै कम्पनीबाट कमाए लगानीकाे १४ गुणासम्म


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यो बर्ष आईपिओमा लगानी गर्नेहरू मालामाल, एउटै कम्पनीबाट कमाए लगानीकाे १४ गुणासम्म

आईपिओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो बर्षलाई आइपिओका लागि स्वर्णिम अबसर मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले २५ लाख नाघिसकेको छ ।

बजारमा यो एक बर्ष जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बुम भइरहेको छ । करिब १० कहिनाअघि नेपाल पुनर्बिमा कम्पनीले चैत्र २६ गते १ करोड ६० लाख कित्ता सेयर कित्ता निस्कासन आवेदन गरेको थियो । जसमा १ करोड ५१ लख २६ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएकोमा उत्क्त कम्पनीको आईपिओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको आवेदन परेको थियो ।

पछिल्लो समय सबैभन्दा बढी आवेदन चन्द्रागिरी हिल्सको आईपिआमा परेको छ। कम्पनीको आइपिओमा १२ लाख ५१ ह्जार ९ सय ३८ जनाको आवेदन गरेका थियो । यो १० महिनामा सेयर आवेदकहरुको संख्या करिब ३ गुणाले बढेको छ । हाल जारी गरिएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को आइपिआले अझै आवेदकको संख्यामा उछाल ल्याउने पक्का छ ।

यो करिब एक बर्षको बिचमा जारी भएका बिभिन्न कम्पनीहरुको आइपिओबाट लगानीकर्ताहरुले के कति मुनाफा हासिल गरे त ?

१.नेपाल पुनर्बिमा कम्पनीः नेपाल पुनर्बिमा कम्पनीले चैत्त २६ गते १०० रुपैयाँ मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि जारी गरेको थियो । उक्त कम्पनीमा १० महिनाअघि १ हजार रुपैया लगानी गर्ने लगानीकर्ताको पूँजी आजको बजार मूल्य अनुसार १५ हजारभन्दा माथि छ । यो १० महिनामा कम्पनीमा गरेको लगानीमा लगानीकर्ताहरुले १४ गुणाभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १५४० रुपैयामा कारोबार भएको छ।

२.अजोड इन्स्योरेन्सः कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म पाँच गुणाभन्दा बढी प्रतिफल हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ६८२ रुपैयामा कारोबार भएको छ। ...

Read More
  • MBL - below news