२३३१.८० विन्दुमा नेप्से परिसूचक, कारोबार रकम ४ अर्ब ७२ करोड (२ बजेको अपडेट)


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२३३१.८० विन्दुमा नेप्से परिसूचक, कारोबार रकम ४ अर्ब ७२ करोड (२ बजेको अपडेट)

माघ ५, काठमाडौं । सोमवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १६ दशमलव ७९ अंकले बढेर २ हजार ३३१ दशमलव ८० विन्दुमा पुगेको छ । 

शून्य दशमलव ७३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको रू. ४ अर्ब ७२ करोड २७ लाख ७४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २८ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४३९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ३५५ मा रू. २२ करोड ४६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Read More
  • MBL - below news