पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको छ । आज (आइतबार) कारोबारको सुरुमा नै उकालो यात्रामा रहेको सेयर बजार उतारचढावको बीच बढेर नयाँ रेकर्ड राखेको छ ।
कारोबारको सुरुमा २३१६.८१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३१५ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ अंकमा पुगेको हो । नेप्से १.२४ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७ अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ ।
कुल २ सय ८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ ।







