इन्ट्रा डे कारोबारमा नेप्से २३ सय विन्दु माथि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्ट्रा डे कारोबारमा नेप्से २३ सय विन्दु माथि

काठमाडौं : सेयर बजारमा साताको पहिलो दिन आइतबार पनि उत्साह जारी रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३ सय अंकमाथि अडिएको छ । खरिदबिक्री रकम पनि औसतमा उत्साहप्रद देखिएको छ । बजारले पछिल्ला दिनहरुमा क्रमशः नयाँ उचाईहरु बनाउँदै अघि बढेको छ । विशेषगरी बजार २३ सय विन्दुभन्दा माथि लागेपछि थप चासो र कौतुहलता वृद्धि भएको छ ।

माघ लागेसँगै बैंकहरुले कर्जाको ब्याजदर थप घटाएका छन् । मुद्दति तथा बचत खाताको ब्याजदर निकै तल झरेको छ । अनि, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ । यसकारण सेयर बजारले थप उचाई बनाउने विश्लेषणहरु भइरहेका छन् । तथापि, बजार तलमाथि गर्दै औसतमा माथिल्लो यात्रा तय गर्ने अनुभवीहरु बताउँछन् ।

यो समचार तयार पार्दासम्म (करिब १ः२० बजे) ३ अर्ब ६९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक १८ अंकले बढेर २३०५ विन्दु आसपासमा रहेको छ । 

Read More
  • MBL - below news