प्रि ओपन सेसन अपडेटः करिब १३ अंक बढ्यो नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः करिब १३ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेको छ।

 

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १८.८१ अंक बढेर २२८६.५४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १२.७९ अंक बढेर २२९९.३४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५६ अंक बढेको छ।

आइतबार प्रि ओपनमा २९ कम्पनीको ३६ लाख ८७ हजार ११२ रुपैयाँ बराबरको ९ हजार ८५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Read More
  • MBL - below news