बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब

काठमाडौँ, माघ ४ गते । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा धितोपत्र बजार पँुजीकरण २७खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।
नेपाल राष्ट्र बैङ्कको चालू आर्थिक वर्षको पाँच महिनामा आधारित तथ्याङ्कअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मङ्सिरसम्ममा सूचीकृत पाँच अर्ब ६१ लाख सङ्ख्याको सेयर चुक्ता मूल्य ४९१ अर्ब २४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा एक खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण सेयर, पाँच अर्ब ८० करोड बराबरको बोनस सेयर, सात अर्ब बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको हकप्रद सेयर, ६५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले पाँच अर्ब चार करोड बराबरको डिबेन्चर, दुई अर्ब दुई करोड बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचुअल फन्ड गरी कुल आठ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
२०७६ मङ्सिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मङ्सिर मसान्तमा २०६१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।

Read More
  • MBL - below news