फेरि नयाँ स्टक एक्सचेन्जको तयारी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फेरि नयाँ स्टक एक्सचेन्जको तयारी

नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै धितोपत्र बोर्डले आन्तरिक गृहकार्य थालेको हो

काठमाडौँ — पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ । नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले पनि आन्तरिक गृहकार्य थालेको छ । सोही क्रममा पुराना फाइल संकलन गरी अध्ययन सुरु भएको स्रोतले बताएको छ ।

‘सेयर बजार लगातार उकालो लागेपछि नयाँ एक्सचेन्ज कम्पनीको कुरा फेरि उठेको हो,’ स्रोतले भन्यो, ‘यसपालि धितोपत्र बोर्डभन्दा पनि बजारमा यसको चर्चा बढी छ ।’ स्रोतका अनुसार अहिले मन्त्रालय (सरकार) स्तरबाटै कुरा मिलाएर एक्सचेन्ज कम्पनीका लागि धितोपत्र बोर्डलाई दबाब दिने सम्भावना छ । कुनै पूर्वतयारीबिना एक्कासि नयाँ एक्सचेन्जको कुरा उठेकाले कतैको दबाब हो कि भन्ने लागेको स्रोतले बताएको छ ।

धितोपत्र बोर्डले धेरै पहिलेदेखि नै नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि अनेक प्रयास भएका थिए । तर अर्थ मन्त्रालयबाट सकारात्मक संकेत नपाएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । यसअघिका दुई वटा आर्थिक वर्षका नीति तथा कार्यक्रममा बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी ल्याउने उल्लेख थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने सो विषय हटाइएको छ । बरु यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेप्सेको संरचनात्मक सुधार गर्ने उल्लेख छ ।

 

 

Read More
  • MBL - below news