एनआइसीको एटिएम बुथको ढोका फुटाउने ३ जना पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
एनआइसीको एटिएम बुथको ढोका फुटाउने ३ जना पक्राउ

एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउन खोज्ने ३ जना प्रक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एशिया बैंकको बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More
  • EBL Ad news