सातामा लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब २४ अर्ब बढ्यो, करीब २३ अर्बको शेयर खरीदविक्री


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सातामा लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब २४ अर्ब बढ्यो, करीब २३ अर्बको शेयर खरीदविक्री

माघ ३, काठमाडौं । यो साता चार दिनको कारोबारले लगानीकर्ताहरुको सम्पत्तिको कुल मूल्य रू. १ खर्ब २४ र्आ ७ करोड १० लाख ४१ हजारले वृद्धि भएको छ । यो साता कुल बजार पूँजीकरण रू. ३० खर्ब ७९ अर्ब ९३ करोड ६० लाख ६ हजार पुगेको हो । यो रकम गत सातको अन्तिम कारोबार दिन बिहीवार रू. २९ खर्ब ५५ अर्ब ८६ करोड ४० लाख ६५ हजार थियो ।

यो साता माघ १ गते बिहीवार माघे संक्रान्तिको सार्वजनिक बिदाका कारण बजार बन्द भएको थियो । चार दिन खुलेको बजारमा रू. २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार बराबरको शेयर खरीदविक्री भएको छ । एक कारोबार दिन कम भएकाले पनि गत साताको तुलनामा यो साता कारोबार रकम घटेको छ । 

गत साता पाँच कारोबार दिनमा रू. २७ अर्ब १७ करोड २३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता कारोबार रकम रू. ४ अर्ब ४२ करोड ४० लाख ५१ हजार कम भएको हो ।

कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता ५ करोड ८७ लाख ८२ हजार ६४८ कित्ता शेयर कारोबार भएको थियो । यो साता भने ५ करोड ५४ लाख १२ हजार ६९५ कित्ता शेयर कारोबार भएको छ । सातामा ३३ लाख ६९ हजार ९५३ कित्ता शेयर कम कारोबार भएको हो ।

Read More
  • MBL - below news