डिम्याट प्रयोगकर्ता २५ लाख नाघे, इन्फ्रास्ट्रक्चरको आईपीओले इतिहास रच्ने दाबी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिम्याट प्रयोगकर्ता २५ लाख नाघे, इन्फ्रास्ट्रक्चरको आईपीओले इतिहास रच्ने दाबी

नेपाली सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकले ल्याएको उल्लास

३ माघ, काठमाडौं । २०६४ सालमा कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गर्यो । कर्मचारीहरुका लागि छुट्टै १ हजार कित्तासम्म साधारण सेयर पाउने गरी आवेदन माग गरियो ।

कृषि विकास बैंकले त्यसबेला जति रकमको ओवेदन माग गरेको थियो त्यो भन्दा धेरैको आवेदन पर्यो । ‘त्यसबेला साढे २ लाख रुपैयाँको आवेदन परेको थियो होला, तर त्यो त्यसबेलाको ऐतिहासिक रेकर्ड नै थियो’ त्यसबेला कृषि विकास बैंकमा कार्यरत पूर्णप्रसाद आचार्य सुनाउँछन् ।

कृषि विकास बैंकले आईपीओ निष्कासन गर्नुपूर्व आईपीओमा आवेदन दिनेको संख्या अत्यन्तै कम हुन्थ्यो । माग अनुसारको आवेदन पनि पर्न निकै गाह्रो पथ्र्यो ।

‘त्यसबेला सबे आईपीओ सब्स्क्राइब हुनु त निकै गाह्रै पर्थ्यो, थोरै मान्छेहरुमा सीमित थियो सेयर बजार’ आचार्य सम्झन्छन्, ‘हामी कर्मचारी भएर पनि यो राम्रै कुरा हो भन्ने बुझ्दैन्थ्यौं, हामीले पनि पछिमात्रे आवेदन दिन थाल्यौं ।’

त्यसबेला कर्मचारीलाई छुट्याइएको आईपीओ पनि बैंकले जर्बजस्ती ‘भिडाउन’ खोजेको भनेर चिन्ता हुने गरेको आचार्य सुनाउँछन् । उनका अनुसार त्यसबेला बैंकमै कार्यरत कर्मचारीहरुले पनि आईपीओ भर्न उत्सुकता देखाउँदैन थिए ।

उनै आचार्य अहिले सेयरधनीहरूको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । कृषि विकास बैंकबाट सेवा निवृत भएपछि सरकारले उनलाई सीडीएसको कार्यकारी नेतृत्वको जिम्वेवारी दिएको छ । सेयर बजार पनि अहिले निकै सुधार भएको छ ।

नेपाली सेयर बजारमा कृषि विकास बैंकले राखेको तत्कालीन रेकर्ड जस्तै अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले राख्न लागेको आचार्य सुनाउँछन् । सबैभन्दा ठूलो कुरा त लगानीकर्ताहरुमा चेतनाको वृद्धि भएको उनी बताउँछन् ।

हिजो र आजको अवस्थामा निकै फरक रहेको उनी अनुभव सुनाउँछन् । नेपाली सेयर बजारको आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम हुने पक्का भएको छ । शुक्रबारदेखि खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) ले नयाँ रेकर्ड राख्ने पक्का देखिएको हो ।

शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको आचार्यले बताए । पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् । तर, डिम्याट खाता भएका सबैले भने आईपीओका लागि आवेदन दिने गरेका छैनन् । ...

हिजो र आजको अवस्थामा निकै फरक रहेको उनी अनुभव सुनाउँछन् । नेपाली सेयर बजारको आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम हुने पक्का भएको छ । शुक्रबारदेखि खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) ले नयाँ रेकर्ड राख्ने पक्का देखिएको हो ।

शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको आचार्यले बताए । पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् । तर, डिम्याट खाता भएका सबैले भने आईपीओका लागि आवेदन दिने गरेका छैनन् ।

Read More
  • MBL - below news