काठमाडौं : अंग्रजी नयाँ वर्ष सन् २०२१ को सुरुवातदेखि नेप्सेमा लगातार सकारात्मक माहोल बन्दै गएको छ । यसैबीचमा नेप्सेले रेकर्ड ब्रेक गर्ने क्रमलाई पनि निरन्तरता दिएको छ । नेप्से गत साताको तुलनामा ४.१९% ले बढेर यस साता २२८६.५५ को अल टाइम हाई विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २१९४.४९ अंकमा बन्द भएको थियो । नेप्सेले ६ दिन लगातार आल टाइम हाई रेकर्ड ब्रेक गरेको हो । यस साताको अन्तिम दिन बिहीबार ५.९१ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
बिहीबार बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता छ । माघ लागेपछि बैंकहरुले आधारदर थप घटाएका छन् । आधार दर थप तल झर्दा ब्याजदर पनि अझै सस्तो भएको छ । बैंक ब्याजदर सस्तो हुँदै गएकाले सेयर बजार थप वृद्धि हुने धेरैको अपेक्षा छ । तथापि, कतिपयले भने सूचक उच्च विन्दुतिर लागेकाले केही करेक्सन हुन सक्ने पनि बताइरहेका छन् । तथापि, अल्पकालमा सामान्य तलमाथि हुनु स्वभाविक भए पनि नेप्सेको दीर्घकालीन यात्रा माथितिरै हुने अपेक्षा छ । किन भने यो बुलिस बजार हो ।
दैनिक कारोबार रकम ...






