माघ ११ गतदेखि शेयर खरीदविक्रीको राफसाफ तथा फछर्यौट २ दिनभित्र हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माघ ११ गतदेखि शेयर खरीदविक्रीको राफसाफ तथा फछर्यौट २ दिनभित्र हुने

माघ ३, काठमाडौं । धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र हुने भएको छ । 

शुक्रवार केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) र दलाल व्यवसायी बीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुनेछ ।‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदविक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ  गरिसक्नु पर्नेछ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिएको थियो । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो । 

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ ।

बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

Read More
  • MBL - below news