सेयरमा बैंकको लगानी साढे ३४ प्रतिशत बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरमा बैंकको लगानी साढे ३४ प्रतिशत बढ्यो

लकडाउन हटेपछि सेयर बजार निरन्तर उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर घटेको छ ।

काठमाडौँ — सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढ्नुले पनि यो पुष्टि हुन्छ ।

लकडाउन खुकुलो भएपछि सेयर बजार निरन्तरजसो उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लेको छ । यही मौकाको फाइदा उठाउँदै लगानीकर्ताले सस्तो ब्याजदरमा कर्जा लिएर सेयरमा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि यो क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् ।

गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले ६७ अर्ब ८५ करोड रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा करिब ३४.६ प्रतिशत बढेको हो । २०७६ असोजमा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ६१ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) यो क्षेत्रमा कर्जा विस्तार उल्लेख्य भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस्तो कर्जा १.८ प्रतिशतले घटेको थियो । ...

Read More
  • MBL - below news