आइपीओ भर्न बैंकमा सर्वसाधारणकाे लाइन, कर्मचारीलाई भ्याइ नभ्याई


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओ भर्न बैंकमा सर्वसाधारणकाे लाइन, कर्मचारीलाई भ्याइ नभ्याई

हालसम्मकै सबैभन्दा ठूलो इन्फ्रास्टक्चर बैंकको आइपीओ खुलेपछि बैंकहरुमा आइपीओ भर्नेहरुको भिड बढेको छ। शुक्रबारदेखि खुलेको आइपिओमा आवेदन गर्नेदेखि सिआरएन नम्बर लिने र डिम्याट खाता खोल्नेको भिड बढेको हो। 

शुक्रबार बैंक खुलेदेखि नै बैंकको गेट बाहिरसम्म लाइन रहेको देख्न सकिन्छ। १ बजे बैंक बन्द भइसकेपछि पनि बैंकमा आउने ग्राहकहरु उतिकै छन्। उनीहरु बैंक बन्द भइसकेकोले बैंकको गेटबाटै फर्किरहेका छन्।

अहिले मेरो शेयर लिएर अनलाइनबाटै आवेदन गर्न सकिने भए पनि मेरो शेयर नलिएकाहरु भने बैंकमा नै गएर आवेदन दिने गरेका छन्। यसले गर्दा बैंकमा भिडभाड बढेको हो।

इन्फ्रास्टक्चर बैंकको आइपीओ सबैलाई ५० कित्ताभन्दा बढी पर्छ। हात खालि नहुने भएका कारणले पनि बैंकमै लाइन लागेर भए पनि आवेदन गर्नेहरुको जमात ठुलै छ।

अहिले २४ लाख भन्दा धेरै डिम्याट खाता खुलिसकेका छन भने आइपीओ भने लगानीकर्ताको संख्या साढे १२ लाख भन्दा धेरै पुगिसकेको छ। यसअघि चन्द्रागिरि हिल्सले बिक्रीमा ल्याएको आइपीओमा १२ लाख ५१ हजार जनाले आवेदन गरेका थिए। इन्फ्रस्टक्चर बैंकले बिक्रीमा ल्याएको आइपीओमा आवेदन गर्नेको संख्या अझै बढ्ने देखिन्छ।

बैंकको रिसेप्सनमा अहिले अन्य बैंकिङ काम भन्दा पनि डिम्याट खाता खोल्ने, सिआरएन नम्बर लिने र आइपीओ भर्ने ग्राहकहरु बढी रहेका छन्। शुक्रबार विहानैदेखि आइपीओ भर्नेहरुका कारण भ्याइ नभ्याइ भइरहेको बैंकका कर्मचारीहरु बताउछन्।

उता, डिपि कार्यलयमा पनि डिम्याट खाता खोल्नेहरुको भिड उत्तिकै छ। विगत केहि दिनदेखि नै बढेको भिड शुक्रबार पनि कम भएको छैन्।

Read More
  • MBL - below news