सेयर कारोबारपछिको राफसाफमा अब ‘टी प्लस टु’ लागू गरिने भएको छ।
सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो।
यसमा टीको अर्थ ट्रान्जेक्सन र टुको अर्थ दुई हुन्छ। अर्थात सेयर कारोबार भएको दिनपछिको अर्को दुई दिनभित्र राफसाफ हुनेछ।
सिडिएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ब्रोकर कम्पनीहरुले माघ ११ गतेदेखि नै टी प्लस टु लागू गर्न सकिने सुझाव दिएका छन्।







