एक वर्षमै नेप्से परिसूचक ९०७ अंकले उकालो, पुँजीकरण ३१ खर्ब नजिक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक वर्षमै नेप्से परिसूचक ९०७ अंकले उकालो, पुँजीकरण ३१ खर्ब नजिक

२ माघ, काठमाडौं । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो ।

समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनाकै तुलनामा पनि सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार २०७७ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

सेयर बजारको पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा समेत निकै राम्रो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनाको चुलनामा चालु आर्थिक वर्षको ५ महिनामा ९०७ अंक भन्दा धेरैले नेप्से परिसूचकमा सुधार आएको छ । कुनै बेला बजार निकै ओरालो लागेर १ हजार हारहारीमा पुगेको नेप्से परिसूचक पुस मसान्तसम्म २ हजार २ सय भन्दा माथि पुगेको छ ।

Read More
  • MBL - below news