सेन्चुरी बैंकको २ आर्थिक बर्षको लाभांश पारित, ३ संचालक निर्वाचित


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेन्चुरी बैंकको २ आर्थिक बर्षको लाभांश पारित, ३ संचालक निर्वाचित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड Century Commercial Bank Limited को नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा दुई आर्थिक बर्षको बार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा आज पुष २९ गते सम्पन्न भएको हो । 

साधारणसभाले दुई आर्थिक बर्षको ७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश गरि कुल १४.२५ प्रतिशत लाभांश पारित गरेको छ। 

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,०००– मा  आर्थिक बर्ष २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ ।

Read More
  • MBL - below news