हालसम्म २१ वटा वाणिज्य बैंकहरुको लाभांश साधारण सभाबाट पारित भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न बैंकको संचालक समितिले प्रस्ताव गरेको प्रस्तावित लाभांश साधारणसभाले पारित गरेको हो ।
हालसम्म साधारणसभाबाट लाभांश पारित गर्ने बैंकहरुमा क्रमशः सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, नबिल बैंक, नेपाल बैंक लिमिटेड, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, प्रभु बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, बैंक अफ काठमान्डू र सानिमा बैंक लिमिटेड रहेका छन् ।
त्यसैगरी, लाभांश पारित गर्न नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक, सिद्धार्थ बैंक लिमिटेडले पनि साधारण सभा आह्वान गरिसकेका छन् ।






