एउटा कम्पनी जसकाे शेयरले युवालाई धनी बनायो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एउटा कम्पनी जसकाे शेयरले युवालाई धनी बनायो

लामो समयसम्म लगातार शेयर बजारमा भएको गिरावटले लगानीकर्तामा वितृष्णा बनाएको समयमा निष्काशन भएको एक कम्पनीको शेयरले धेरैलाई धनी बनाएको छ। त्यस कम्पनीमा लगानी गर्ने लगानीकर्ता अहिले छोटो समयमा नै धनी बन्न पुगेका छन्।

 

विश्व नै आंतकित पार्ने गरि फैलिएको कोरोना भाइरसले त्रसित भएको अवस्थामा गत चैत्र महिनामा निष्काशन भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर दोस्रो बजारमा सबै लगानीकर्ताहरुको रोजाईमा परेको छ।

शेयर बजार एउटा जुवा घर हो र बजारबाट गुमाइन्छ मात्र भन्ने कतियप मानिसको सोचलाई नेपाल पुनर्बीमा कम्पनीको आईपिओले गलत साबित गराएको छ। बजारमा लगानी गर्न त्यति इच्छा नदेखाउने लगानीकर्ताहरुले समेत यस कम्पनीमा लगानी गरेर साच्चिकै राम्रो आम्दानी गर्ने गरेको बताउन थालेका छन्।

शेयर बजारको विषयमा सामान्य जानकारी समेत नभएका कैलालीका शेषराज देवकोटाले साथीले पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न भनेपछि ५ हजार रुपैयाँको आईपिओ खरिद गर्न आवेदन दिएकाे बताउँछन्।

साथीको लहलहैमा लागेर उक्त कम्पनीको ४० कित्ताको शेयरधनी बनेका देवकोटा शेयर बाँडफाँड भएको तीन/चार महिनासम्म आफूलाई कति शेयर पर्यो भन्ने बारेमा जानकार थिएनन्।

अहिले आफूले गरेको ४ हजार लगानी ५० देखि ६० हजारसम्म पुगेको छ भन्दा अचम्मित परेका छन्। वैदेशिक रोजगारीमा जानको लागि कोरियन भाषा सिक्ने र सिकाउने काम गर्दै आएका देवकोटा अब विदेश नगएर विस्तारै नेपाली शेयर बजार लगानी गर्ने सोच बनाउदै गरेको सुनाउँछन्।
बजारमा धेरथोर लगानी गर्ने हो भने पैसाको आवश्यकता नहुने रहेछ भन्ने उनको बुझाई छ। जसकारण उनले विस्तारै आफ्नो क्षमता अनुसार बजारमा लगानी बढाउदै जाने सोच गराएका छन्।

शेयर बजारमा नव प्रवेशी युवा लगानीकर्ताका रुपमा भित्रिएकी शुभेच्छा पौडेल पनि पुनर्बीमा कम्पनीको शेयरमा नै आईपिओ खरिद गरेको र दोस्रो बजारमा बिक्री गरेको पहिलो अनुभव रहेको बताउँछिन्। त्यसभन्दा पहिले बुबा आमाले शेयरमा लगानी गरिदिने गरेको भएपनि आफूलाई शेयरमा लगानी गरेर आम्दानी गर्न सकिन्छ भन्ने बारेमा जानकारी नभएको पौडेल बताउँछिन्।

Read More
  • MBL - below news