टाटाका सवारी खरिदमा हिमालयन बैंकले सहुलियत दरमा कर्जा दिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
टाटाका सवारी खरिदमा हिमालयन बैंकले सहुलियत दरमा कर्जा दिने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा  सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन् । 

उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news