अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
हालै खुलेको चन्द्रागिरि हिल्सको आवेदनले पनि यसलाई पुष्टि गर्छ। यो कम्पनीमा आवेदन दिनेको संख्या १२ लाख ५० हजार नाघेको छ। जुन संख्या अहिलेसम्मकै ठूलाे हो।
अर्कोतर्फ डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन्। मंसिर १७ गतेसम्म २२ लाखले खाता खोलेकामा अहिले २४ लाख ८७ हजार पुगेका छन्।
माघ २ गतेदेखि इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक (सेयर) को आइपिओ खुल्दैछ। कम्पनीले सर्वसाधारणलाई ८ करोड कित्ता सेयर निश्कासन गर्न लागेको हो। यो संख्या अहिलेसम्मकै धेरै हो। यसमा आवेदन दिने कसैको हात खाली हुने छैन।







