सोनापुर मिनरल्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोनापुर मिनरल्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहिबार साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा प्रिमियममा आईपिओ निष्काशन गर्ने र त्यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने र संचालकको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

Read More
  • MBL - below news