कञ्चनपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४४ पुगेको छ ।
बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं.७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्तरुपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /DISH HOME/CDMA/ UTL/ NCELL/ NEA को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने भएको छ ।