‘ऋणीले सेञ्चुरी बैंकबाट मात्रै ३० करोड छुट पाएका छन’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘ऋणीले सेञ्चुरी बैंकबाट मात्रै ३० करोड छुट पाएका छन’

बैकिङ क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव हासिल गरेका सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम आफैमा बैंकिङ क्षेत्रका एक खम्बा हुन् । नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका उनी अहिले विभिन्न बैंक हुँदै सेन्चुरी बैंकमा करिब ३ वर्षदेखि सीईओको भूमिकामा कार्य सम्पादन गरिरहेका छन् । उनै गौतमसँग बैकिङ क्षेत्रमा उठेका सवाल र चुनौतीका विषयमा गरिएको आर्थिक वहसको सम्पादित अंशः 

कोरोना कहरमै पहिलो त्रैमासको रिपोर्टमा सार्वजनिक भयो । जुन रिपोर्टमा सबै बैंकहरूको आम्दानी घटेको देखियो छ ? 
 
यसमा मिश्रित कुरा छ । पहिलो कुरा त कर्जाको ब्याजमा दिइएको छुट नै हो । ठूला खालका छुट हुन् ।  त्यो मैले भन्न पर्दैन । ऋणीहरूलाई बैंकहरूले दिएको छुटहरूका कारणले पनि असर परेको छ । ऋणीहरू चलिरहेका भएपनि वा चल्न नसक्ने भएका भएपनि २ प्रतिशत ब्याज छुट दिनु भनिएको थियो । मैले बुझे अनुसार समग्रमा २ अर्ब त छुट नै भयो । 

सेञ्चुरी बैंकबाट ३० करोड जति छुट भएको छ । यसबाट करिब १५ देखि १६ करोड खुद नाफामा असर पर्यो । अर्को भनेको राष्ट्र बैंकले नै असर परेका क्षेत्रलाई क्षेत्रगत रुपमा छुट्याएको थियो । जसमा बढी, मध्यम खालको असर परेको र कम असर भनेर छुट्याइएको थियो । यसमा पनि पैसा माग्न पनि समय तोकिएको थियो । राष्ट्र बैंकले तोकेको समयसम्म पनि हामीले कुर्नै पर्यो । 

Read More
  • MBL - below news