पुस २९ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजना गरेको हो।
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ र ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।
नेप्सेले ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २१८ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।







