नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त आज सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त
सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफा-नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत)पारित गरेको छ ।
सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७%नगद लाभांश)वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।






