केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले टी प्लस कार्यान्वयन गर्न शुक्रवार ब्रोकरसँग छलफल गर्ने भएको छ। ब्रोकरसँगको छलफलपछि सिडिएसिले मिति तोक्ने जनाएको छ।
"टी प्लस टु लागु गर्नु पूर्व शुक्रवार ब्रोकरसँग छलफल राखिएको छ। उहाँहरुसँगको छलफल पछि लागु हुने मिति तय हुने छ"सिडिएसिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले मेरो लगानीसँग भने।






