प्यान लिँदा यस्ता छन् फाइदा, १० कित्ता आईपिओ भर्नेलाई पनि प्यान लिन सुझाव


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्यान लिँदा यस्ता छन् फाइदा, १० कित्ता आईपिओ भर्नेलाई पनि प्यान लिन सुझाव

पछिल्लो समय आन्तरिक राजश्व विभागले शेयर लगानीकर्ताले तिरेको कर लगानीकर्ताको नामबाट नै सरकारी खातामा  जम्मा भएको म्यासेज पठाउन थालेको छ । लगानीकर्ताहरुले स्थायी लेख नम्बर (प्यान नम्बर)  विभागलाई उपलब्ध गराएपछि मात्र यो सम्भव भएको हो। 

यससंगै प्यान नलिएका र प्यान लिएर पनि त्यसको विवरण उपलब्ध नगराएकाहरु प्यान प्रति चासो दिन थालेका छन् । नेपाल इन्भेस्टर फोरमका पुर्व अध्यक्ष तथा लगानीकर्ता अम्बिका पौडेलले पनि विभागले कर जम्माको म्यासेज पठाउनु खुसिको क्षण भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्से र विभागलाई धन्यवाद दिएका छन् ।  

पौडेलले सानो वा ठुलो लगानीकर्ता नभनी सबैलाई प्यान कार्ड लिन आग्रह गरेका छन् । उनी भन्छन् ' शेयरमा लगानी गर्ने पनि ब्यबसाय नै हो, व्यबसाय गरिसकेपछि प्रत्येक व्यक्तिले प्यान लिनु राज्यप्रतिको कर्तब्य हो' । कुनै पनि नागरिकले प्यान लिएपछि उ करको दायर भित्र आउने भएकोले एक जिम्मेवार नागरिकको लागि पनि त्यो गर्वको कुरा हुने उनी बताउछन् । 

Read More
  • MBL - below news